दिनांक 13 जुलाई 2025 काे दिन अखिल भारतीय तामाड बौद्ध संध, सोनादा शाखाको एक महत्त्व पूर्ण सभा सम्पन्न गरियो। केन्द्रिय समिति सदेश्य सभापति फुर्बा रुम्बाज्यूको अध्यक्षतामा समपन्न सभामा केन्द्रिय समिति अध्यक्ष राजमान तामाड स्याङबो, महासचिव नरेन्द्र कुमार मोक्तान, सह सचिव नरेन्द्र योन्जन, दार्जिलिड महुकमा सभापति सी के लोप्चन, सांगठनिक सचिव चन्द्र तामङ, कोषाध्यक्ष दिनेश योन्जन, जिल्ला अल्पसंख्यक सचिव अनि केंद्रीय कार्यालय सचिव शिशिर मोक्तान, गुम्बा अनुदान सचिव दावा दोङ, दार्जीलिङ टाउन समिति सभापति किरण दोङ, केन्द्रिय समिति सदेश्य सुप्रभा योन्जन अनि शाखाको बाक्लो उपस्थितिमा सभा समपन्न गरियो। सभामा आयोजक समितिको पक्षबाट डम्फू बजाएर व्हाईमा सम्पूर्ण तामङ सन्तानलाई भव्य स्वागत गरियो। उक्त सभामा जिल्ला अल्पसंख्यक सचिव एवम अखिल भारतीय तामङ वौद्ध संघ केन्द्रीय कार्यालय सचिव शिशिर मोक्तानद्वारा राज्य अल्पसंख्यक विभागबाट पाइने सम्पूर्ण सहुलियतहरुको बिस्तृत जानकारी अनि employment exchange द्वारा स्वनिर्भर योजनाको, vocational ट्रेनिङ , अनि रोजगार मुलक योजनाहरुको पनि जानकारी गराई। सभामा केन्द्रीय अध्यक्ष राजमान तामङ केन्द्रिय सभापति राजमान साङबो द्वारा संघको यतिका दिनसम्म गरिएको कार्यको सम्पूर्ण विवरण आगामी कार्यक्रम अनि तामङ जातिको उत्थानको निम्ति लागि परेको अनि आगामी दिनमा यस खण्ड अन्तर्गत सम्पूर्ण शाखाहरुलाई सक्रिय अनि दरिलो बनाउनलाई केन्द्रिय समितिको पक्षबाट गरिने सहयाेग अनि कुनै पनि कार्यको निम्ति सदेव तयार रहने वचन दिनु भयो। कार्यक्रममा तामङ जातिको चिनारी दिने तामङ सेलोमा नृत्य सबैलाई मनोरंजन गरिएको थियो।