Aitba Pul Bijanbari Block Meeting


Page Image

ALL INDIA TAMANG BUDDHIST ASSOCIATION

Pul Bijanbari Block Meeting on 29 June 2025

दिनांक 29 जुन 2025 काे दिन अखिल भारतीय तामाड बौद्ध संध, पुल विजनबारी खण्ड समितिको एक महत्त्व पूर्ण सभा पुलबजार सार्वजनिक भवनमा सम्पन्न गरियो। खण्ड समिति सभापति मदन तामङ ज्यूको अध्यक्षतामा समपन्न सभामा केन्द्रिय समिति अध्यक्ष राजमान तामाड स्याङबो, महासचिव नरेन्द्र कुमार मोक्तान, कोषाध्यक्ष बहादुर तामाङ, सह सचिव नरेन्द्र योन्जन,  दार्जिलिड महुकमा सभापति सी के लोप्चन, सचिव रिवाङ योन्जन, सांगठनिक सचिव चन्द्र तामङ, कोषाध्यक्ष दिनेश योन्जन, जिल्ला अल्पसंख्यक सचिव अनि केंद्रीय कार्यालय सचिव  शिशिर मोक्तान, गुम्बा अनुदान सचिव दावा दोङ, खण्ड समिति सचिव किशोर तामङ, सुखिया खण्ड समिति सभापति बुद्ध तामङ , दार्जीलिङ टाउन समिति सभापति किरण दोङ, लगायत पुल विजनबारी खण्ड अन्तर्गत केन्द्रिय समिति सदेश्य अनि शाखाको बाक्लो उपस्थितिमा सभा समपन्न गरियो।  राज कुमार तामङज्यूले संचालन गरेको सभामा खण्ड समितिको पक्षबाट डम्फू बजाएर व्हाईमा सम्पूर्ण तामङ सन्तानलाई भव्य स्वागत गरियो। उक्त सभामा खण्ड समिति सचिव द्वारा स्वागत गर्दै संघको प्रतिवेदन प्रस्तुत गरियो,  जिल्ला अल्पसंख्यक सचिव शिशिर मोक्तानद्वारा राज्य अल्पसंख्यक विभागबाट पाइने सम्पूर्ण सहुलियतहरुको बिस्तृत जानकारी  अनि employment exchange द्वारा स्वनिर्भर योजनाको, vocational ट्रेनिङ , अनि रोजगार मुलक योजनाहरुको पनि जानकारी गराई। सभामा  उर्गेन साम्तेन छोइलिङ गुम्बा महानेपा संघ चोङथुङ द्वारा गुम्बा अनुदान सचिव दावा तामाङ अनि कार्यालय सचिव शिशिर मोक्तान लाई गुम्बाप्रती गरिएको योगदानकाे कदर गर्दै स्मृति चिन्हले सम्बर्द्धन गरियो । केन्द्रिय सह सचिव नरेन्द्र योन्जन द्वारा पनि संघको गतिविधी बारी जानकारी गराई अनि केंद्रीय सभापति राजमान साङबो द्वारा संघको यतिका दिनसम्म गरिएको कार्यको सम्पूर्ण विवरण आगामी कार्यक्रम  अनि तामङ जातिको उत्थानको निम्ति लागि परेको अनि आगामी दिनमा यस खण्ड अन्तर्गत सम्पूर्ण शाखाहरुलाई सक्रिय अनि दरिलो बनाउनलाई केन्द्रिय समितिको पक्षबाट गरिने सहयाेग अनि कुनै पनि कार्यको निम्ति सदेव तयार रहने वचन दिनु भयो।  कार्यक्रममा तामङ जातिको चिनारी दिने डम्फुसेलो अनि नृत्य अनि सान्दर्भिक कविता वाचनले सबैलाई मनोरंजन गरिएको थियो।

Pages

« Back to Pages