AWARENESS PROGRAM AT BALASUN SAKHA DARJEELING AITBA
दिनांक 02/05/2025 को दिन अखिल भारतीय तामङ वौद्ध संघ बालासन् शाखाको आयोजनामा एक भव्य जन चेतनामुलक कार्यक्रम स्थानीय तामङ सन्तानहरूको बाक्लो उपस्थितिमा सम्पन्न भयो । उक्त कार्यक्रममा केन्द्रिय गुम्बा अनुदान सचिव पाल दावा दोङ, केन्द्रिय कार्यालय सचिव पाल शिशिर मोक्तान, दार्जिलिंग शहरिया समिति सभापति पाल किरण दोङ, सचिव पाल वसन्त कुमार तामङ, सह सचिवा पालमु सुप्रभा दोङ, कोषाध्यक्ष पाल पासाङ तामङ अनि लप्चु शाखा सदेश्य पाल अजित वाइबाको बिशेष उपस्थित भएको थियो। कार्यक्रममा अल्पसंख्यक विभाग (Minority Department) बाट तामङ जातिले पाइने सबै सहुलियत, स्कूलले नानीहरूको पाइने सुविधाहरु साथै Emploment Exchange Department बाट पाइने स्वनिर्भर प्रकल्पहरु, युवाहरुको लागि Vocational Training साथै सबै निःशुल्क Coaching Centre (For competative exam) साथै अन्य जानकारी पाल शिशिर मोक्तान द्वारा दिनु भयो । यसै कार्यक्रममा गुम्बा अनुदान सचिव पाल दावा दोङ द्वारा पनि केन्द्रिय सरकारको (Ministry of Culture) बाट गुम्बाले पाइने अनुदानको विस्तृत जानकारी साथै यसमा हुनुपर्ने सबै कागजपत्रहरु पूर्ण जानकारी दिनु भयो भने तामङ जाति अनि वौद्ध धर्म माथि पनि धेरै ज्ञानमुलक साथै धार्मिक महत्व बोकेको कुराहरूको मिठो वक्ता राखें। पाल अजित वाइबा द्वारा पनि रोजगार मुलक कार्यक्रम, प्रकल्प, साथै विभिन्न सरकारी विभाग द्वारा गर्ने सहुलियत साथै अनुसूचित जनजाति विभाग अनि minority community पाइने स्वनिर्भर योजनाको जानकारी दिनु भयो। कार्यक्रममा सचिवा पालमु सुप्रभा दोङ द्वारा पनि हाम्रो युवा student वर्गको निम्ति दार्जीलिङ वेलफेयर सोसाइटी द्वारा प्रदान गरिने निःशुल्क UPSC Coaching Centre, दार्जीलिङकाे पूर्ण जानकारी दिनु भयो साथै अखिल भारतीय तामङ वौद्ध संघ शहरिया समिति द्वारा विभिन्न क्षेत्रमा Free Medical Camp cum Blood Donation Camp गर्दै आएको अनि कुनै हाम्रो अखिल भारतीय तामङ वौद्ध संघ शाखा द्वारा आयोजना गर्ने चाहें सदैव तत्पर रहने पनि बताए। अखिल भारतीय तामङ वौद्ध संघलाई बलियो, सक्षम अनि सबै क्षेत्रमा जोडिएर तामङ जातिको उत्थान, धर्म, भाषा, संस्कार अनि संस्कृति माथि कार्य गर्न एकजुट हुनुपर्ने उदेश्य राख्दै शिशिर मोक्तान द्वारा आयोजक शाखा लाई धन्यबाद ज्ञापन गरें।