ALL INDIA TAMANG BUDDHIST ASSOCIATION
Jorebunglow & Sukhia Pokhari Block meeting on 15 Jun 2025.
अखिल भारतीय तामाड बौद्ध संध जोरबंडलो सुकेपोखरी खण्ड समितिको एक बिशेष सभा सुकेपोखरी युवक संघ भवनमा सम्पन्न गरियो। खण्ड समिति सभापति बुद्ध तामाडको अध्यक्षतामा समपन्न सभामा केन्द्रिय समिति अध्यक्ष राजमान तामाड स्याङबो, महासचिव नरेन्द्र कुमार मोक्तान, दार्जिलिड महुकमा सभापति सी के लोप्चन, सचिव रिवाङ योन्जन, जिल्ला अल्पसंख्यक सचिव अनि केंद्रीय कार्यालय सचिव शिशिर मोक्तान, खण्ड समिति सचिव निमा ग्यल्छेन तामाड लगायत अन्यको उपस्थितिमा सभा समपन्न गरियो। पेम्बा योन्जन अनि चन्द्र तामाडले संचालन गरेको सभामा सुके क्षेत्रको ९ वटा ग्राम पन्चायत अन्तर्गत बिभिन्न शाखाका प्रतिनिहरूको सभामा व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा संघको केन्द्रिय समितिका अध्यक्ष अनि महासचिवलाई तामाड जातिको संस्कृति जातीय उत्थान अनि सामाजिक सेवा क्षेत्रमा पुराएको योगदानको कदर गर्दै खण्ड समितिको पक्षबाट सम्मानित गरियो। खेम्पो लाक्पा पाख्रिनको बहुलीबाट स्मृति चिन्ह अनि खदा अर्पण गरेर सम्मानित गरियो। केन्द्रिय अध्यक्ष, माहसचिव, जिल्ला अल्पसंख्यक सचिव लगायत अन्य वक्ताहरूले संगठनको कार्य, कार्यक्रम अनि बिभिन्न सरकारी, बिभागीय योजनाहरू बारे सभामा अवगत गराए।https://www.facebook.com/share/v/1F3xVsrT3d/