ALL INDIA TAMANG BUDDHIST ASSOCIATION
Rangli Rangliot Block Meeting on 21 June 2025
दिनांक 21 जुन 2025 काे दिन अखिल भारतीय तामाड बौद्ध संध, रङली रङलीयट खण्ड समितिको एक भव्य सभा गेल चियाबारी सार्वजनिक भवनमा सम्पन्न गरियो। खण्ड समिति सभापति एवम् तामङ जातिको विद्वान् एस टि लामाज्यूको अध्यक्षतामा समपन्न सभामा केन्द्रिय समिति अध्यक्ष राजमान तामाड स्याङबो, महासचिव नरेन्द्र कुमार मोक्तान, सांगठनिक सचिव यु एस तामङ, सह सचिव नरेन्द्र योन्जन, दार्जिलिड महुकमा सभापति सी के लोप्चन, सचिव रिवाङ योन्जन, सांगठनिक सचिव चन्द्र तामङ, कोषाध्यक्ष दिनेश योन्जन, जिल्ला अल्पसंख्यक सचिव अनि केंद्रीय कार्यालय सचिव शिशिर मोक्तान, गुम्बा अनुदान सचिव दावा दोङ, खण्ड समिति सचिव सरोज गोले, सुखिया खण्ड समिति सभापति बुद्ध तामङ , दार्जीलिङ टाउन समिति सभापति किरण दोङ, लगायत रङ्ली रङलीयट खण्ड अन्तर्गत सम्पूर्ण शाखाको बाक्लो उपस्थितिमा सभा समपन्न गरियो। सी के लोप्चन अनि पासाङ मोक्तानज्यूले संचालन गरेको सभामा तामाड जातिको संस्कृति जातीय उत्थान अनि सामाजिक सेवा क्षेत्रमा पुराएको योगदानको कदर गर्दै खण्ड समितिको पक्षबाट सम्पूर्ण प्रमुख संरक्षण, संरक्षण, पूर्व केंद्रीय समिति सदेश्य लगायत तामङ जातिलाई गौरन्वित गर्ने तामङ सन्तानलाई एस टि लामाज्यूको बहुलीबाट स्मृति चिन्ह अनि खदा अर्पण गरेर सम्मानित गरियो। उक्त सभामा खण्ड समिति सचिव द्वारा संघको प्रतिवेदन प्रस्तुत गरियो, जिल्ला अल्पसंख्यक सचिव शिशिर मोक्तानद्वारा राज्य अल्पसंख्यक विभागबाट पाइने सम्पूर्ण सहुलियतहरुको बिस्तृत जानकारी अनि employment exchange द्वारा स्वनिर्भर योजनाको, vocational ट्रेनिङ , अनि रोजगार मुलक योजनाहरुको पनि जानकारी गराई। सभामा केन्द्रिय महा सचिव नरेन्द्र कुमार मोक्तान द्वारा पनि संघको गतिविधी, आगामी कार्यक्रम अनि तामङ जातिको उत्थानको निम्ति लागि परेको जानकारी दिनु भयो। कार्यक्रममा तामङ जातिको चिनारी दिने डम्फुसेलो अनि गीतले सबैलाई मनोरंजन गरिएको थियो। https://www.facebook.com/share/v/16UxmEGrbv/